Wednesday, June 10News That Matters

उपराष्ट्रपतिमा एमालेकी शाक्यको उम्मेदवारी दर्ता

पूर्णपुष्टि, फागुन २७ । नेकपा एमालेबाट उपराष्ट्रपति पदका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनले आज (शनिबार) दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय वानेश्वरमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

शाक्यसँग एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङलगायत नेताहरू पुगेका छन् । आज एमाले सचिवायल बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । यसअघि राष्ट्रपतिको निर्वाचनमा काग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भईसकेका छन् ।