
पूर्णपुष्टि, जेठ १५ ।
त्रियुगा नगरपालिकामा प्रमुखमा काङ्ग्रेसकाे प्रष्ट अग्रता भईरहदा उपप्रमुखमा भने नेकपा एमालेकाे अग्रताले फराकिलाे अन्तर पाएकाे छ । उपप्रमुखमा एमालेकी महेश्वरी राईले अग्रता टेकेपछि पछि फर्कनु परेकाे छैन । उनी लगभग जीतकाे नजिक पुगेकी छिन् ।
३५७५८ मत गणनाकाे परिणामले प्रमुखमा काङ्ग्रेसकाे वसन्त बस्नेत १९४६ मतले अग्रता छ भने उपप्रमुखमा एमाले १००१ ले अग्रता छ । अब ४४२१ मत गन्न बाँकी रहकाेछ। वडा नं. १०, ११ र १२ काे गणना चलिरहेकाे छ । यी वडाहरुकाे प्रारम्भिक मत परिणामले यिनै अग्रतालाई बढाउने संकेत छ ।
