
पूर्णपुष्टि, जेठ १५ ।
त्रियुगा नगरपालिकामा प्रमुखमा काङ्ग्रेसकाे वसन्त बस्नेतकाे प्रष्ट अग्रताले जीत नजिक पुर्याएकाे छ ।
३५७५८ मत गणनाकाे परिणामले प्रमुखमा बस्नेत १९४६ मतले अग्रता छ । उनकाे १२,३६२ मत प्राप्त छ । अब ४४२१ मत गन्न बाँकी रहकाेछ । ती मत गणना चलिरहेकाे वडा नं. १०, ११ र १२ का हुन् । वडा नं.१२ मा ८००मत, वडा नं. ११ मा १४०० मत गणना हुँदा प्रमुखमा पहिलाे मत काङ्ग्रेसकै छ। पडा नं. १० मा १७०० मत गणना हँदा का्ग्रेसकाे दाेस्राे मत छ । अब, वडा नं. १० मा १३४९ मत गन्न बाँकी, वडा नं. ११ मा २१३६ र वडा नं. १२ मा ९६० मत गन्न बाँकी रहकाे छ । अबकाे मत परिणामले पनि प्रमुखमा काङ्ग्रेसलाई नै दिने संकेत छ ।
उपप्रमुखमा भने एमालेकी महेश्वरी राईले काङ्ग्रेसलाई पछि पार्दै १००१ मतले अग्रता लिएकी छिन् । पछिल्लाे मत परिणामले उनलाई जीत नजिक लगेकाे छ ।
