एमाले उदयपुर जिल्ला अधिवेशनको लागि भोली बाट प्रतिनिधि चयनको काम हुने

पूर्णपुष्टि, पुष १६
नेकपा एमाले जिल्ला कार्य समिति उदयपुरले ८ औँ जिल्ला अधिवेशनका लागि भोली बाट प्रतिनिधि चयनको काम अगडी बढाउने जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला अधिवेशन भव्य सफल बनाउन भोली अर्थात शनिवार बाट प्रतिनिधि चयनको काम गरिने कमिटी अध्यक्ष ईश्वरमणी राउतले बताए ।

राउतले करिब ७ सय जनाको हाराहारीमा प्रतिनिधि चयन गर्ने जनाएको छ । जिल्लाभरी रहेको ७५ ओटा वडाहरुमा र ८ ओटा पालिकाहरुमा २० जनाको संख्या आधारमानी ३÷३ जनाको दरले प्रतिनिधि चयन हुने छ । जस्मा १ जना महिला अनिवार्य गरिएको छ । यता उत्पिडित समाज र अन्य पार्टी बाट प्रवेश गरेकाहरुलाई पनि १÷१ जना प्रतिनिधि हुने गरी कार्यक्रम तयारी गरिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0