Friday, May 1News That Matters

कटारी बजारमा खानेपानी अवरुद्ध, मर्मत कार्य जारी

पूर्णपुष्टि, साउन २७ । उदयपुरको कटारी बजारमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ। नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारीद्वारा संचालित खानेपानी आयोजनामा प्राविधिक समस्या देखिएपछि पानी वितरण रोकिएको हो।

संस्थाका अनुसार आयोजनाको मुहान कटारी-५ मा रहेको विद्युतको ट्रान्सफर्मर र पम्पमा समस्या आएको छ। यसका कारण बजार क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ। समस्या समाधानका लागि संस्थाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी मर्मत कार्य थालेको जनाएको छ। छिटोभन्दा छिटो पानी आपूर्ति पुनः सुचारु गर्न प्रयास भइरहेको संस्थाले बताएको छ। संस्थाले मर्मत कार्य सम्पन्न हुने बित्तिकै नियमित खानेपानी वितरण सुचारु हुने जानकारी दिएको छ। साथै, यस असुविधाका लागि स्थानीय उपभोक्ताहरूसँग क्षमायाचना गरेको छ।