
पूर्णपुष्टि, जेठ ६ गते ।
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह र सुनरीमा हर्कराज साम्पाङको अग्रता कायमै रहेको छ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका (लौरो छाप) शाहले २० हजार ३ सय ९३ मतका साथ अग्रस्थानमा रहेका छन् । शाहले आफ्नो प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापीतलाई ९ हजार ६ सय ७ मतान्तरले पछाडी पारेको छ । एमालेका उम्मेदवार स्थापीतले १० हजार ७ सय ८६ मत ल्याउन सफल भएको छ ।
यता, धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १२ हजार १५ मतका साथ अगाडी रहेको छ । साम्पाङ गठबन्धनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार किशोर राईको मत भन्दा १ हजार २ सय ९७ मतका अगाडी रहेका छन् । यता, गठबन्धनले १० हजार ७ सय १८ मत ल्याएको छ ।
