Friday, June 12News That Matters

मतदान गर्नबाट बन्चित १२ नं वडाका मतदाताहरुले मतदान गर्न माग सहित बुझाए ज्ञापन पत्र

पूर्णपुष्टि, जेष्ठ ६
उदयपुरको त्रियुगा नगरपालिका १२ नं वडाकामा पून ः मतदानको अन्योलनले गर्दा सयौँ मतदाताहरु मतदान गर्नबाट बन्चित बनेको छ । उनिहरुले मतदान गर्न पाउनु पर्ने अधिकारलाई नदबाउन माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार त्रियुगाको मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा १२ नं वडाका मतदाताहरुले निर्वाचन अधिकृत उत्तम सिलवालाई आफुहरुले मतदान गर्न पाउनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् । त्रियुगा नगरपालिका वडा नं १२ वडावासी नागरिकहरु यस वडाको जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाट मतदान केन्द्रमा मतदान गर्ने क्रममा यस केनद्रमा खटिएका कर्मचारीहरुको चरम लारबाहीले गर्दा बर्षको कारण देखाउँदै पून ः मतदान हुने लिखित सूचना प्रकाशित गरी स्थगित भएको मतदान कार्य यति लामो अबधि व्यतित भईसक्दा समेत सम्बन्धित निकायबाट कुनै ठोस निर्णय भई पून ः मतदान केनद्रमा मतदानको मिति र समय तत्काल तोकी पून ः मतदान प्रक्रिया अगाडी बढाउन माग गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, आवधिक निर्वाचनमा आम नेपाली नागरिकहरुले निर्वाचनका माध्यमबाट आफ्नो प्रतिनिधि चुन्न र चुनि पाउनु हरेक नागरिकको मानवअधिकार तथा संबैधानिक अधिकार पनि हो । नेपालको संविधानले सामानताको हकलाई नागरिकहरुको मौलिक हककोरुमा व्यवस्था समेत गरेको छ । उनिहरुले स्थगित भएको मतदान कार्य निर्वाचन ऐन दफा ४० र निर्वाचन ऐन निर्देशिकाको दफा – १०८ मा भएको व्यवस्था अनुसार पून ः मतदानको सूचना टाँस गरी स्थगित भएको मतदान प्रक्रिया ऐन तथा कानून बमोजिम पून ः मतदान हुने व्यवस्थाको आधार अनुसार मतदान तत्कालै हुनु पर्ने माग गरेको छ । वडावासीको तर्फबाट बिमल किराँतीको अगुवाईमा अन्य मतदानहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको हो ।
उनिहरुले पून ः मतदान नभए आफुहरु आफ्नो अधिकार बाट बन्चित रहने भन्दै यसमा सजग भैदिन सम्बन्धित निकायहरुलाई सचेत समेत गराएको छ ।