
पूर्णपुष्टि, जेठ ६ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ नं. वडाका सयौँ मतदाता मतदान गर्नबाट वञ्चित भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा मतदानको क्रमममा जनप्रेमी विद्यालयमा भएको विवादका कारण मतदान स्थगित भएको थियो । सूचनामा उल्लेख भए अनुसार वर्षाको कारण वडा नम्बर १२ को मतदान स्थगित भएको र अर्को सूचना टास गरि पुन: मतदान गरिने सूचनामा उल्लेख रहेको थियो । मतदान स्थगित भएको ८ दिन भइसक्दा पनि पुन ः निर्वाचन नहुदा स्थानीय मतदान गर्नबाट बञ्चित भएका हुन् ।
वडाबासीहरु आज (शुक्रवार) निर्वाचन कार्यालयमा गएर नवनियुक्त निर्वाचन अधिकृत उत्तम सिलवाललाई आफ्नो मत हालेर जनप्रतिनिधी छान्ने अधिकार हनन् भएको भन्दै ज्ञापन पत्र बुझाएका छन् । वडाका करिब २ सय भन्दा बढी मतदाताहरुले आफ्नो नामसहित लिखित रुपमै मतदानबाट बञ्चित भएको ज्ञापन पत्रमा उल्लेखित निर्वाचन कार्यालयलाई जानकारी गराएको छ । उनीहरुले पुन: मतदान हुन पर्छ भन्ने मागसहित सो ज्ञापन पत्र बुझाएका हुन् ।
१२ नम्बर वडामा ३ हजार १ सय ९२ मतदाता मध्ये १ हजार ४ सयले मात्रै मतदान गर्न पाएका छन् । सय प्रतिशत नै मत खस्ने अवस्था नरहने थियो भने पनि थुप्रै मतहरु भने खेर गईरहेको अवस्था छ । जसमा २ सय भन्दा बढी मतदाताहरुको नाम ज्ञापन पत्रमा हस्ताक्षरसहित उल्लेख गरिएको छ । यस १२ नं. वडामा मतदानको क्रममा कर्मचारीहरुले विभिन्न बाहाना झन्झट देखाई मतदाताहरुलाई दुःख दिइरहेका थिए । मतदात गर्न असहज र ढिलासुस्ती गराएका कारण मतदाताहरुले नियोजित रुपमै मतदाताहरुलाई दुःख दिने काम गरेको भन्दै विवाद सुरु भएको थियो । निर्वाचनको क्रममा मतदाताहरु उत्साहितका साथ मतदान स्थल पुग्दा नङ्गमा मसि मात्रै लगइदिएको तर मतपत्र भने नदिने गरेको पाईएको मतदाताहरुले आरोप लगाएको छ ।
पत्रमा उल्लेख मतदाताहरुको नाम







