
पूर्णपुष्टि सम्बाददाता/२ असाेज २०८३ । गाईघाट
उदयपुरकाे त्रियुगा नगरपालिका–९, गैरुनमा वेवेरा ब्राण्डको प्रशोधित खानेपानी बजारमा आएको छ । ओसिन इन्डट्रिजले सञ्चालनमा ल्याएको उद्योगको विश्वकर्मा पूजाको अवसर पारेर असोज १ गते ग्रान्ड ओपनिङ गरिएको हो ।
उद्योगले २० लिटरको जार तथा १ लिटर र ५ सय मिलिलिटरका बोतलमा प्रशोधित खानेपानी उत्पादन तथा वितरण गर्ने सञ्चालक प्रवीण बस्नेतले जानकारी दिए ।
उद्योग शुभारम्भ कार्यक्रममा स्थानीयवासी, व्यवसायी, उपभोक्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। तीन जना युवाहरू रबिन ढकाल, विमल कार्की र प्रवीण बस्नेतको संयुक्त लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो। सञ्चालकहरूका अनुसार उद्योगमा करिब २ करोड रुपैयाँ लगानी भएको छ।
“एगचभ ध्बतभच ायच ब ज्भबतिजथ त्यmयचचयध” भन्ने नारासहित सञ्चालनमा आएको वेवेरा वाटरले गाईघाट तथा आसपासका क्षेत्रमा प्रशोधित खानेपानीको सहज उपलब्धतामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वेवेरा वाटर सञ्चालनमा आएसँगै उदयपुर सदरमुकाम गाईघाट क्षेत्रमा प्रशोधित खानेपानी उत्पादन गर्ने उद्योगको संख्या तीन पुगेको छ।
