Wednesday, April 22News That Matters

गाईघाटमा १३२ औं माओ जयन्ति मनाईयो

पूर्णपुष्टि, पुष ११ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ स्थित पिपल चोकमा १३२ औं माओ जयन्ति मनाईएको छ । बिहिबार माओवादी मजदुर पार्टी र नेपाल कम्युनिष्ट पार्टी १५ सेप्टेम्बर (१५४९) को संयुक्त आयोजनामा १३२ औं माओ जयन्ति मनाईएको हो ।

कार्यक्रममा माओवादी मजदुर पार्टीका महासचिव हिमाल सिंह राई मुख्य वक्ताका रूपमा उपस्थित थिए । त्यसैगरी केन्द्रीय ब्युरो सदस्यहरू जगत थापा र मेघ दनुवार पनि कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै महासचिव राईले माओले संसारका अर्ध उपनिवेशिक देशहरूका लागि प्रतिपादन गरेको नयाँ जनवादी क्रान्तिको सिद्धान्त नेपालको सन्दर्भमा अझै सान्दर्भिक रहेको बताए । उनले नेपालको अर्ध उत्पादन व्यवस्थाका लागि नयाँ जनवादी क्रान्ति नै उपयुक्त रहेको र आजको चीन माओको योगदानको उदाहरण भएको बताए ।