
पूर्णपुष्टि, कार्तिक १०।
मेन्स डबल्स ब्याडमिन्टन प्रतियाेगिता गाईघाटकाे प्रथम स्थान कालुराम उराव र सन्ताेष गुप्ताकाे जाेडीले हाँसिल गरेकाे छ । आजकाे फाईनल खेलमा उनीहरुकाे जाेडि प्रथम भएकाे हाे । दाेस्राे स्थानमा भाेटराज राई र प्रमाेद यादवकाे जाेडि आएका छन् । तेस्राेस्थानमा एचके राई र आङदाेर्जे लामाकाे जाेडि तथा शिला राई र जेनिस मगरकाे जाेडा सफल भए । विजयीहरुलाई जिल्ला न्यायधिश हरिचन्द्र ईङनाम, प्रमुख जिल्ला अधिकारी हरिप्रकाश घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ याेगी, सशस्त्र प्रहरी एसपी सराेजसिङ बस्नेत, पशुपति प्रसाद गणका शिवप्रसाद वाग्ले लगायतले वितरण गर्नुभयाे । प्रतियाेगिताका सहयाेगि तथा विशेष अतिथिहरुलाई कार्यक्रम संयाेजक बलबहादुर कार्कीले मायाकाे चिनाे प्रदान गर्नुभयाे । साथै सम्पूर्ण खेलाडिहरुलाई सहभागिताकाे प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
ब्याडमिन्टनप्रेमी प्रेमी समुहले दिपावली तथा छठपर्व शुभकामनासहित आयाेजनामा गरिएकाे प्रतियाेगिता दुइदिन सञ्चालन भयाे । प्रतियाेगितासंगै पिकनिक कार्यक्रम भयाे ।
ब्याडमिन्टनका सिनियर तथा जुनियर दुबैलाई मिलाएर मैत्रीपूर्ण खेल प्रतियाेगिता गरिएकाे कार्यक्रम संयाेजक बलबहादुर कार्कीले बताउनुभयाे । प्रतियाेगितामा ३२ टिमले भाग लिएका थिए ।







