
पूर्णपुष्टि, बैशाख १२ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको छ ।
बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्री लेखकको राजीनामाको पक्षमा पार्टीको अवस्थान सार्वजनिक गरे । उनले भने, ‘भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीमाथि प्रश्न उठेको छ । यस्तो अवस्थामा उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुन्छ।’ हालै सार्वजनिक भएको भिजिट भिसा प्रकरणमा केही अधिकारीहरूको संलग्नता रहेको आरोप लागेको थियो । यस प्रकरणमा गृहमन्त्री लेखकको नाम पनि चर्चामा आएको थियो ।
