
पूर्णपुष्टि, ७ बैशाख ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जातिय पोशाक लगाउन सुरु गरेको छ । आईतबार र सोमवार हप्ताको दुई दिन अनिवार्य जातिय पोशाक लगाउने पालिकाको निर्णय अनुसार पोशाक लगाउन सुरु गरेको हो । पालिकामा राई, नेवार, चौधरी, ब्रामण, क्षेत्र लगायतका कर्मचारीहरु रहेका छन् । पछिल्लो समय जातिय पोशाक लोपन्मुख भएको भन्दै पोशाक लगाउने पालिकाबाट निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईले बताउनुभयो । राईका अनुसार यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुराउने र पोशाक बाट सेवा दिँदा नौलो पन देखिने बताउनु भयो । जातिय पोशाक लगाउँदा कर्मचारीहरु निकै उत्साहित छ भने सेवाग्राहीरु पनि खुसी छन् । पोषाकले आफ्नो जातको पहिचान गराउने र गर्व महशुस गराउने अधिकृत राईले बताउनुभयो । यो पालिकाको निकै उदाहरणीय निर्णय र काम पनि हो ।

