Saturday, January 31News That Matters

जितेकाे पुरस्कार क्लवलाई सहयाेग

उदयपुर/मङ्सिर २८ ।
जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका अध्यक्ष किसन राईले चाैदण्डिगढी-४ बसाहामा आयाेजित ब्याडमिन्टन प्रतियाेगितामा जितेकाे नगद पुरस्कार क्लवलाई सहयाेग गर्नु भएकाे छ ।
नवाै मेयरकप ब्याडमिन्टन प्रतियाेगिता, भेट्रान्स डबल्समा उपाधि जितेका राईले प्राप्त नगद पुरस्कारकाे १० हजार रुपैया क्लवकाे उन्नति प्रगतिका लागि सहयाेग गर्नु भएकाे हाे । उहाँ र खगेन्द्र बलकाे जाेडीले भेट्रान्सतर्फकाे उपाधी जित्नु भएकाे थियाे ।
उहाँले पुरस्कार प्राप्तगरेसंगै दस हजार क्लवलाई सहयाेग घाेषणा गर्नुभयाे । उहाँले क्लवका अध्यक्ष नारायण तामाङलाई क्लवकाे प्रगतिकाे लागि भन्दै उक्त रकम प्रदान गर्नुभयाे । उहाँकाे सहयाेगलाई क्लवले विशेष सहयाेगकाे रुपमा लिएकाे छ ।