Saturday, April 25News That Matters

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ५१ पुग्यो

पूर्णपुष्टि, भदौ २७ ।जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको जानकारी दिए ।

घिमिरेका अनुसार काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडेर ५१ जना पुगेको हो । आन्दोलनको क्रममा तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो भने कैदीमात्रै ९ जना मारिए । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।