Tuesday, April 21News That Matters

जेन्जी आन्दोलन : मृतकको संख्या निरन्तर उकालो

पूर्णपुष्टि, २३ भदौ ।
सोमवार भएको जेन्जी आन्दोलनमा प्रदर्शनकारीहरुको मृत्यु संख्या बढिरहेको छ । आन्दोलनमा काठमाण्डौँमा मात्रै १६ जनको ज्यान गैसकेको छ । यता उपचाररत घाईतेहरुको मृत्यु संख्या निरन्तर बढिरहेको छ । इटहरीमा दुई जना र काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप एक जना घाइतेको मृत्यु भए सँगै हाल १८ जना प्रदर्शनकारीहरुको ज्यान गएको हो ।

सोमबार दिउँसो भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको केएमसी अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार तीन जना गम्भीर घाइते भएका थिए। त्यसमध्ये दुई जनाको मृत्यु भएको हो।

‘गोली लागेर आएका तीन जना थिए। त्यसमध्ये दुई जनाको मृत्यु भएको हो,’ दाहालले भने, ‘अहिलेसम्म ३४ जना घाइते हुनुहुन्छ। उपचार जारी छ। विवरण लिँदैछौं।’

केएमसीमा दुई, सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा ७, टिचिङ अस्पतालमा एक, एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ।

यसैगरी इटहरीमा पनि जेनजी पुस्ताको प्रदर्शन भएको छ। त्यहाँ पनि प्रहरीले बल प्रयोग हुँदा दुई जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १८ पुगेको छ।