Monday, April 20News That Matters

जेन्जी सहिद पिडित परिवारलाई एमालेले अपमान गरेको भन्दै जेन्जी उदयपुरको आपत्ति

पूर्णपुष्टि, गाईघाट असोज १२ गते ।
जेन्जी आन्दोलनको क्रममा सहिद भएका बेलका नगरपालिका वडा नं ४ का सन्तोष विश्वकर्मालाई एमालेले धम्की र अपमान गरेको भन्दै जेन्जी उदयपुरले आपत्ति जनाउको छ । आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा पिडित परिवार सहित ध्यानकार्षण बुझाउँदै यस्तो संवेदनशिल अवस्थामा अमानविय व्यवहार देखाउनु खेद जनका रहेको बिज्ञाप्तीमा उल्लेख गरिएको छ । जेन्जी संयोजक निमेश राईको नेतृत्वमा गएका युवाहरुले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई ज्ञापन पत्र बुझाएको हो ।

एमालेका सदस्यहरुले श्रदान्जली फोटोमा विश्वकर्मालाई असमायिक निधन भनेका छन् । तर सरकारले जेन्जी आन्दोलनका मृतकहरुलाई सहिद घोषणा गरेको छ । एमालेले भने बिनाकारण असामयिक निधन भनेर उल्लेख गर्दा जेन्जी आन्दोलनलाई अन्याय भएको र सहितको अपमान गरेको परिवारको आरोप छ । यता हत्यारा भनेर बनाईएको ब्यानर हटाउन लगाएको पिडित परिवारको आरोप छ । उनले सरकारले हत्या गरेको ब्यानर कसैले बनाएर राखिएको अवस्थामा एमालेले भने त्यो ब्यानर हटाउन दवाव दिएको पडितको आरोप छ । यदि एमालेले यस्तो अपमान गर्दै जाने र यसलाई प्रशासनले कार्वाही नगरे जेन्जीहरु आफै फिल्डमा आउने बताएको छ । अपमान गर्ने एमाले सदस्यहरुलाई तत्काल कार्वाही गर्न पनि माग गरिएको छ ।