Saturday, June 13News That Matters

टिफरको ठक्करबाट बालिकाको मृत्यु

पूर्णपुष्टि, माघ ११ गते । मोरङको सुन्दरहरैचा नगरपालिका १२ स्थित भित्री सडकमा टिफरले ठक्करदिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थाान बस्ने अजित चौधरीको डेढ बर्षकि छोरी अननिया चौधरी रहेकी छिन् ।

हिजो अपरान्ह ४ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको को १ ख ६८२५ नम्बरको टिफरले बालिकालाई ठक्कर थियो । ठक्करबाट उनको घटना स्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । प्रहरीले टिफर चालक मोरङ केराबारी गाँउपालिका १० का ३५ बर्षीय राजकुमार लिम्बुलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।