Saturday, June 13News That Matters

लागुऔषध सहित ३ जना पक्राउ

पूर्णपुष्टि, माघ ११ गते ।
मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–९ का ३१ बर्षीय सबिन खड्का, सुन्दरहरैचा नगरपालिका–१० मोरङका ३७ बर्षीय आसिष लामिछाने गुरुङ र चौबिसे गाउँपालिका–६ धनकुटाका २८ बर्षीय आशिष लिम्बु रहेका छन् ।

बिराटनगर –१६ दक्षिण गेट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सबिन लागुऔषध सहित पक्राउ परेका हुन् । हिजो दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लुपिजेसिक–४ एम्पुल, ऐभिल–४ एम्पुल, फेनारागन–४ एम्पुल र डाईजोपाम– ४ एम्पुल बरामद गरेको हो ।

त्यसै गरी बिराटनगर–१५ स्थित प्रदेश नम्बर १–०२–०४६ प ३९७५ नम्बरकोे स्कुटरमा भारतबाट नेपाल तर्फ आईरहेका गुरुङ र लुम्बु आगुऔषध सहित पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट DIALEX DC 100 ML-२० बोतल बरामद गरेको हो । पक्राउ परेको उनिहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।