Wednesday, April 22News That Matters

त्रिनपा १५ हुवासमा खुल्ला वडा स्तरीय फुटवल प्रतियोगिता हुने

पूर्णपुष्टि, ८ मंसिर ।
त्रियुगा नगरपालिका १५ नं वडामा खुल्ला वडा स्तरीय फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । यहि मंसिर १३ गते देखी १५ गते सम्म वडाको हुवास स्यालगैरी मैदानमा प्रतियोगिता हुने भएको हो । आयोजक त्रियुगा नगरपालिका वडा नं १५ खेलकुद विकास समितिले प्रतियोगिता गराउन लागेको हो ।

प्रतियोगिताको बिजेतालाई पुरस्कार राशि २५ हजार नगद, ट्रफि र प्रमाण पत्र रहेको छ भने उपबिजेतालाई १५ हजार नगद, ट्रफि र प्रमाण पत्र रहेको छ । यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
वडा खेलकुद विकास समितिका अध्यक्ष प्रयास राईका अनुसार खेलकुद मैदानको व्यवस्थापन सँगै प्रतियोगितालाई अघि बढाईएको हो । केहि समय अघि मात्रै खेल मैदानको स्तरोन्नती तथा व्यवस्थापन सँगै वडामा फुटवल प्रतियोगितालाई प्राथामिकता दिईएको राईले जनाए ।

वडाकै पुरानो र ऐतिहाँसि खेल मैदान पछिल्लो समय बजेट अभावले गुमनाम थियो । उपमेयर महेश्वरी राईको पहलमा जनता सँग उपमेयर कार्यक्रम अन्तर्गत २ लाख बजेट र बाँकी समितिका अध्यक्ष समेत रहेका स्थानीय युवा प्रयास राईकै पहलमा बिभिन्न व्यक्तिहरुको सहयोगबाट मैदान व्यवस्थापन गरिएको थियो ।
उक्त प्रतियोगितालाई १५ नं वडाले आर्थिक सहयोग गरेको छ भने अन्य खेलालडी, खेलप्रेमी, समाजसेवी, स्थानीय युवाहरुले पनि आर्थिक सहयोग गरेको छ ।