Tuesday, June 9News That Matters

त्रियुगाको मतगणना सर्यो

पूर्णपुष्टि, वैशाख ३० ।
त्रियुगा नगरपालिकाको वडा नं. १२ मा विवादका कारण मतदान स्थगित भएपछि आज रातीबाटै मतगणना गर्ने भनिएको निर्णय सरेको छ । वडाको १६ वडा मध्ये १२ नं. वडामा स्थगित भएकै कारण अन्य १५ वटाको गणना सरेको हो ।
सबै वडाको मतपेटिका संकलन पछि मात्र एकैसाथ गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १२ नं. वडामा पुनः निर्वाचन गर्नुपर्ने अवस्था आएको र पुनः निर्वाचन पछि मतपेटिका संकलन गरी गणना गरिने भएको हो । पुनः निर्वाचन कहिले हुने भन्ने बारेमा जिल्ला स्थित निर्वाचन संयन्त्रमा छलफल भईरहेको जनाइएको छ ।