
पूर्णपुष्टि, बैशाख ११
युवाहरुको हकहित र समृद्धीका लागि मेरो नेतृत्व भन्दै त्रियुगा नगरपालिकाको स्वतन्त्र उम्मेदवारमा लागि परेका चित्र कार्कीले जिल्ला निर्वाचन आयोग उदयपुरमा आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।
आईतबार १ नंं मै आफ्नो उम्मेदवारी दर्ता गराएको कार्कीले जनाए । उनले आफु १६ ओटै वडाहरुमा जनताहरुको घरघरमा गएर आफ्नो चुनावी अभियान सम्पन्न गरे सँगै उम्मेदवारी समेत दर्ता गरेको जनाएको छ ।
निर्वाचन आयोगले दर्ता नोमिनेसन लाई अगडी बढाएको र अब चुनाव चिन्ह दिन भने बाँकी रहेको कार्कीले बताए । उनले चुनावमा एकै भोट आएपनि पछि नहट्ने बताएको छ । आफ्नो उम्मेदवारी बिषेश गरी युवाहरुको हकहित र हौसालाको लागि रहेकार्ले युवाहरुले अत्यादिक सहयोग गर्ने समेत कार्कीले आश्वासन व्यक्त गरे ।

उनले आफ्नो उम्मेदवारीका कारण युवा पुस्ता र आम जनताको हकहित साथै समाज रुपान्तरण र समृद्ध नगरका लागि रहेको जनाएको छ । उनले मेयरमा उठ्दै गर्दा “जनताको कर जनताकै घर समृद्ध हुन्छ त्रियुगा नगर” भन्ने मुल नारालाई समातेर मेयरका लागि उम्मेदवारी दिएको जनाए । कार्कीले आफु मयेर भएमा ठेकदारी प्रथाको अन्त्य, पार्टी गुट उपगुटको झन्जटको अन्त्य, युवाहरुलाई प्रोत्साहन, समाज रुपान्तरण तथा परिवर्त जस्ता चुनावी एजेन्डालाई प्राथामिकता दिएको छ ।
