Thursday, June 4News That Matters

त्रियुगामा तीन दल बिच भिडन्त

पूर्णपुष्टि, वैशाख १२ गते ।
उदयपुरको त्रियुगा नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनका लागि तीन ठूला दल बिच भिडन्त हुने देखिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र गठबन्धन दल बिच भिडन्त हुने देखिएको छ ।
नेकपा एमालेबाट भागवत राउत प्रमुख र महेश्वरी राईले उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । यता नेपाली कांग्रेसबाट त्रियुगा नगरपालिकाको नगर प्रमुखको लागि बसन्तकुमार बस्नेत उप–प्रमुखको लागि सरिता राईले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै माओवादी र एकिकृत समाजवादीको गठबन्धनबाट नगर प्रमुख बलदेव चौधरीले र उप– प्रमुखमा गिता खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
त्रियुगा नगरपालिकामा अन्य दल तथा स्वतन्त्रबाट पनि प्रमुख उपप्रमुख तथा वडा अध्यक्ष वडा सदस्यको लागि उम्मेदवारी दर्ता भएका छन् । तर प्रमुख र उप–प्रमुख पदमा भने एमाले, नेपाली कांग्रेस र माओवादी र नेकपा एस गठबन्धन विच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।