
पूर्णपुष्टि, वैशाख १२ गते ।
मुख्य निर्वाचन कार्यालय उदयपुरमा अझै मनोनयनको क्रम चलिरहेको छ । अहिले एमाले , दुई दलिय गठबन्धन र राप्रपाका उम्मेदवार को मनोनयनको क्रम चलिरहेको छ । धेरै उम्मेदवारको मनोनयन चलिरहेकाले भिडभाड रहेको छ । उम्मेदवारी दिनेहरु लाइनमा लागेर पालो पर्खिरहेका छन् ।
निर्वाचन कार्यालयले दललाई उम्मेदवारी दर्ता गर्न आउने समय दिएपनि दर्ता प्रकृया झन्झटिलो भएकाले ढिलो हुँदै गएको हो । उम्मेदवारको लाइन हेर्दा आठबजे सम्ममा उम्मेदवारी दर्ताको काम सकिने देखिन्छ ।
