
पूर्णपुष्टि, वैशाख ६ गते ।
त्रियुगा नगपालिकाको नगर प्रमुखमा नेकपा एमालेका ६ जनाले दाबी गरेका छन् । एमालेको तर्फबाट त्रियुगा नगरको लागि इश्वर मणि राउत, गिता रेग्मी , टेक बराउत , परमेश्वोर घिमिरे, प्रकाश बस्नेत र भागबत राउतको नाम सिफारीस भएका हुन् । उनीहरु ६ जनालाई नै नगरसमितिले सिफारीस गरेको हो ।
सिफारीस भएकामध्ये इश्वर मणि राउत पूर्व जिल्ला अध्यक्ष हुन भने परमेश्वोर घिमिरे बहालवाला जिल्ला अध्यक्ष हुन् । भगवत राउत प्रदेश सदस्य हुन् । यस्तै, टेक बराउत जिल्ला उपसचिव हुन् । मेयरमा सिफारीस भएकी गिता रेग्मी अखिलको केन्द्रीय सदस्य हुन्, भने प्रकाश बस्नेत जिल्ला स्तरिय नेता हुन् । बिगतको निर्वाचनमा एमालेले उदयपुर जिल्लाका आठ पालिका मध्ये ६ वटामा जित निकालेको थियो ।
