Tuesday, April 21News That Matters

त्रियुगा नगरमा काङ्ग्रेसबाट मेयर पदका लागि ६ जना सिफारिस

पूर्णपुष्टि, वैशाख ६ गते ।
त्रियुगा नगरपालिकाको मेयर पदका लागि नेपाली काङ्ग्रेसबाट ६ जना उमेदवार सिफारीस भएको छ । स्थानीय तहको चुनावमा वसन्त बस्नेत, प्रकाश खड्का ,सरोज बस्नेत, देबी चौधरी, भिमचन्द्र राई र राकेश खत्रीको नाम सिफारीस गरिएको हो ।
वैशाख ४ गते बसेको नगर समितिको बैठकले उनीहरु ६ जनालाई मेयर पदको लागि सिफारीस गरिएको नेपाली काङ्ग्रेस नगर सचिब केशव पौडेलले जानकारी दिए ।
नगरप्रमुखमा सिफारिस भएका मध्ये वसन्त बस्नेत ०७४ को चुनाबमा झिनो मतले मेयरमा पराजित भएका थिए । यस्तै, देबी चौधरी त्रियुगा नगरपालिकाको बहालवाला उप–प्रमुख हुन भने प्रकाश खड्का नेपाली काङ्ग्रेसको त्रियुगा नगरसभापती तथा १० न. वडाका वडाध्यक्ष हुन् । सरोज बस्नेत पुर्ब नगर सभापती हुन भने भिमचन्द्र राई जिल्ला उपसभापति हुन । राकेश खत्री नेबिसङ्घका पूर्ब केन्द्रीय सदस्य हुन् ।
जिल्लामा सत्तारुढ दलले चुनाबी तालमेल गरेर जाने तयारी गरेपनी अहिले सम्म निर्णय भैसकेको छैन । त्रियुगा नगरपालिकामा विशेष गरी नेपाली काङ्ग्रेस र एकीकृत समाजबादीको दाबी रहेको छ ।