Wednesday, April 22News That Matters

४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो : निर्वाचन आयोग

पूर्णपुष्टि, वैशाख ६ गते ।
स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापिइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भएको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको जानकारी दिदै ती जिल्लाका लागि ९५ लाख थान मतपत्र छापिइ सकिएको बताए ।
स्थानीय निर्वाचनको लागि आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको छ । दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमै छापिएको आयोगले जनाएको छ ।