Tuesday, April 21News That Matters

त्रियुगा नगरपालिकाले भोलीदेखी सेवा संञ्चालन गर्ने

पूर्णपुष्टि, उदयपुर, असोज १ गते ।
उदयपुरको त्रियुगा नगरपालिकाले भोली अर्थात बिहिबार देखी नियमित सेवा संञ्चालन गर्ने भएको छ । जेन्जी आन्दोलनका क्रममा अराजक समूहबाट नगरपालिका परिसरमा तोडपफोड र आगजानी भएपछि सेवा दिन असहज भएको थियो । २४ गते पूर्ण ध्वस्त बनेको नगरपालिकाको सरसफाई र सामाग्रीहरुलाई मिलाईएको छ । त्रियुगा नगरपालिका अन्तर्गतका १६ ओटा वडाले भोलीबाट सेवा सुरु गर्ने नगर स्रोतको भनाई छ । जेन्जी आन्दोलनमा नगरपालिकामा आगजानी तथा तोडफोड र १२ नं वडामा तोडफोड गरिएको थियो ।

आगजानी र तोडफोड गरिएको नगरपालिका सरसफाई पश्चात बिहिबारदेखी संञ्चालन हुने भएको छ ।