
पूर्णपुष्टि, भदौ २ । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमास्थित भेदी त्रियुगा नदी किनारमा माछा मार्न गएका एक पूरुष हिजोदेखी बेपत्ता भएका छन् । आईतबार दिउँसो १ बजे बल्छी खेल्न गएका चौदण्डी–६ सातधारेका ४५ बर्षीय दिलबहादर राई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार बेपत्ता भएका राईको नदी किनारमा बल्छि, साइकलको चाबी र केहीँ नगद पैसा फेला परेको छ भने अहिलेसम्म मान्छे भने फेला परेको छैन । बेपत्ता भएको राईको खोजी कार्य तीव रुपमा भईरहेको प्रहरीले जनाएको छ ।
