
पूर्णपुष्टि, साउन १९ । खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको मेयर तिर्थराज भट्टराईको आन्दोलनमा लिम्चुबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले ऐकबद्धता जनाएको छ । स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै मेयर भट्टराई काठमाण्डौँको माईतिघर मण्डलामा अमरन अनसन बसिरहेको छ ।
उनले स्थानीय स्रोत साधनको उचित उपयोग गर्न पाउन माग गर्दै साउन ११ गतेबाट अमरन अनसन सुरु गरेको हो । उनले बाँदर लगायत अन्य बन्यजन्तुले कृषिमा गरेको आतंक, विश्वव्यापी जलबायुको असर, पर्यावरणीय संकट तथा वाँस, गाँजा लगायतका बनस्पती लगायत ७ बुद्धे माग सहितको अनसन सुरु गरेको हो । उक्त माग र अनसनलाई समर्थन गर्दै अध्यक्ष राईले पनि ऐकबद्धता जनाएको हो । अध्यक्ष राईले बिज्ञाप्ती जारी गर्दै भट्टराईको मागलाई सरकारले तत्काल वार्तामार्फत समाधान गर्न समेत अनुरोध गरेका छन् ।

