Sunday, April 26News That Matters

मेयर तिर्थराज भट्टराईको आन्दोलनमा लिम्चुङबुङ गाउँपालिकाको पनि ऐकबद्धता

पूर्णपुष्टि, १८ साउन ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईको आन्दोलनमा लिम्चुङबुङ गाउँपालिकाले पनि ऐकबद्धता जनाएको छ । आईतबार पालिकाको अध्यक्ष मेजर कुमार राईले बिज्ञाप्ती जारी गर्दै मेयर भट्टराईको मागलाई सरकारले सम्बोधन गर्नु पर्ने भन्दै ऐकबद्धता जाहेर गरेको हो ।

भट्टराईले बाँदर लगायत अन्य बन्यजन्तुले कृषिमा गरेको आतंक, विश्वव्यापी जलबायुको असर, पर्यावरणीय संकट तथा वाँस, गाँजा लगायतका बनस्पती लगायत ७ बुद्धे माग सहितको अनसन सुरु गरेको थियो । उक्त माग र अनसनलाई समर्थन पालिकाले बिज्ञाप्तीनै जारी गरेर भट्टराईको उक्त कार्यलाई समर्थन गर्ने जनाएको हो । यस अघि मात्रै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार वस्नेतले पनि मेयर भट्टराईको आन्दोलनलाई ऐकबद्धता जनाएको थियो ।