Friday, May 15News That Matters

धरान भेडेटार सडक खण्डमा झोला भित्र मानिसको टाउको र खुट्टा फेला

पूर्णपुष्टि, फागुन ५
धरान(भेडेटार सडक खण्डमा झोला भित्र पहिचान नखुलेको पुरुषको जस्तो देखिने टाउको र खुट्टा फेला परेको छ । सडको जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको प्रहरीले जनाएको छ ।

आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।