
पूर्णपुष्टि, असाेज २० ।
धरान खुल्ला ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी त्रिभुवन आर्मी ब्लवका हिमाल चन्द र भाेजपुरका विशाल तामाङकाे जाेडीले चुमेकाे छ । धरान ब्याडमिन्टन क्लवकाे आयाेजनामा अमरहाट स्थित अमर सेवा समाजकाे हलमा तीनदिनसम्म सञ्चालन भएकाे प्रतियाेगिताकाे आज सम्पन्न फाईनल खेलमा एपीएफका क्षितिज खनाल र देवराज रमनाकाे जाेडीलाई पछि पार्दै चन्द र तामाङकाे जाेडीले उपाधी जितेकाे हाे ।
दुबै फाईनलिष्ट टिमबीच राेचक र प्रतिष्पर्धी खेल हुँदा डिसाईडिङ खेलमा साे जाेडीले जित हात पारेकाे हाे ।
प्रतियाेगितामा भेट्रान्स (४५+) मा देववहादुर गुरुङ(तनहु) र सम्भु श्रेष्ठ (कास्की) काे जाेडी प्रथम भएकाे छ । उत्तम सिम्खडा र श्रवण चाैधरीकाे जाेडी दाेस्राे भए । तेस्राे सन्ताेष कटुवाल/भजनलाल चाैधरीकाे जाेडी र धनबहादुर लिम्बू/राम याेन्जनकाे जाेडी भए ।
भेट्रान्स (५५+) मा उत्तम सिम्खडा र सञ्जय भक्तराजकाे जाेडी प्रथम, श्रीप्रसादधिमाल र राजु महर्जन दाेस्राे भए भने दिलबहादुर कन्दङ्वा/सुदिप याेञ्जनकाे जाेडी र दर्शन भक्त राज/काेमल साक्यकाे जाेडी तेस्राे भए ।
मिक्स डबल्समा बिशाल खड्का (कास्की) र रशिला महर्जन (आर्मी) काे जाेडी प्रथम, सुर्य श्रेष्ठ(धरान) र राेजी राई (उदयपुर)काे जाेडी दाेस्राे भए भने दिपक घिमिरे (मेची)/अमिता गिरी (आर्मी)काे जाेडी र राम राई (ओखलढुङ्गा/ निसम सुब्बा (ईलाम) तेस्राे भए ।
त्यसैगरी उमन डबल्सतर्फ आर्मीका अमिता गिरी र रसिला महर्जनकाे जाेडी प्रथम, रञ्जना राई (झापा)/नविना राई (एपिएफ) काे जाेडी दाेस्राे भए भने याेगिता लिम्बू (धरान)/निशाम सुब्बा (ईलाम) काे जाेडी र राेजी राई/सृष्टि राईकाे जाेडी तेस्राे भए ।
जीतसंगै मेन्स डबल्समा प्रथमले १ लाख १५ हजार, दाेस्राेले ५५ शजार र तेस्राेले १५/१५ हजार पुरस्कार हात पारेकाे छ ।
अन्य सबै ईभेन्टसका प्रथमले ६५ हजार, दाेस्राेले ३३ हजार र तेस्राेले १०/१० हजार नगद पुरस्कार पाए ।
क्लवका अध्यक्ष टंकबहादुर लिम्बुका अनुसार साैहाद्रपूर्ण सम्पन्न भएकाे खेलमा देशकाे विभिन्न जिल्लाका खेलाडिहरुकाे सहभागिता थियाे ।

