Wednesday, April 22News That Matters

नयाँ बसपार्कमा पार्किङ गरेको बसभित्र युवकको शव फेला

पूर्णपुष्टि, साउन १६ । काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखिएको एक बसभित्र एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार मृतक सुनसरी इटहरी उपमहानगरपालिका–१३ का ३७ वर्षीय प्रल्लाद अधिकारी रहेका छन्।

काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्कको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र उक्त शव फेला परेको हो। एसपी अधिकारीले घटनाको प्रकृति हेर्दा ४–५ दिनअघि नै मृत्यु भएको जस्तो देखिएको बताए। मृतक यातायात क्षेत्रमा काम गर्ने गरेको जानकारी पाइएको प्रहरीले जनाएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।