Wednesday, April 22News That Matters

प्रहरी सरुवालाई सामान्य रूपमा बुझ्न गृहमन्त्री लेखकको आग्रह

पूर्णपुष्टि, साउन १६ ।  गृहमन्त्री रमेश लेखकले प्रहरी सरुवालाई सामान्य प्रक्रियाको रूपमा बुझ्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधवार बसेको सुशासन समितिको बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएपछि गृहमन्त्री लेखकले यस्तो प्रतिक्रिया दिएका हुन्।

गृहमन्त्री लेखकले भने, “कर्मचारी सरुवा हुन्छ, सरुवालाई सरुवाकै रूपमा बुझ्दा सहज हुन्छ। भर्खरै २०-२१ जना सचिवको सरुवा भएको छ। ९१ जना न्यायाधीशको सरुवा भएको छ।” साथै उनले प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे। “कसैलाई जोगाउन वा नजोगाउन प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन दिने छैन,” उनले थपे। यसअघि केही सांसदहरूले प्रहरी सरुवाबारे प्रश्न उठाएका थिए। गृहमन्त्री लेखकले यस्ता सरुवाहरूलाई सामान्य प्रशासनिक प्रक्रियाको रूपमा हेर्न र बुझ्न आग्रह गरेका छन्।