Wednesday, April 29News That Matters

गाईघाटमा होण्डाको ग्राण्ड ओपनिङ सँगै एक्सचेन्ज अफर सुरु

पूर्णपुष्टि, २८ बैशाख ।
गाईघाटमा राशि अटो मोवाईल्सले होण्डाको नयाँ सोरुम संञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थापन सहित नयाँ बर्षको अवसर पारी बिभिन्न सेवा सुविधा र बिषेश अफरको साथमा होण्डाको सोरुम संञ्चालनमा आएको हो । गाईघाट हिमाली टोल स्थित शुभलक्ष्मी हल सँगै रहेको उक्त सोरुमले जेष्ठ ५ गते सम्म बिषेश अफर पनि ल्याएको छ ।

होण्डाको कुनै पनि वाईक वा स्कुटर खरिदमा नगद ४ हजार देखी १ लाख सम्मको कुपन, ६ बार्ष सम्म १८ ओटा निशुल्क सर्भिसिङ, ६ बर्ष सम्म इन्जीनको ग्यारेन्टी र ६ बर्ष सम्म ए ः एमसी गरी यी मध्ये कुनै एउटा अफर प्राप्त गर्न सकिने शोरुमका प्रमुख रितेश गुप्ताले जनाए । यो सँगै राशी होण्डा एक्सचेन्ज उत्सवमा होण्डा कम्पनीको कुनै पनि बाईकहरुलाई न्युनतम ३० हजार र बाईकको कन्डीसन अनुसार सो भन्दा बढी भ्यालुयसन दिईने र अन्य कम्पनीको बाईकलाई न्युनतम १० हजार वा सो भन्दा बढी भ्यालुयसन दिन सकिने गुप्ताले जनाए । नयाँ सोरुम तथा एक्सचेन्ज उत्सवको उद्घाटन कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार तथा त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले गरिन् ।