
पूर्णपुष्टि, असार ३२ । उदयपुरको त्रियुगा नगरपालिकाको नयाँ प्रशासकिय भवन निर्माण कार्य सम्पन्न भएको छ । वडा नं. १० स्थित बासबारीमा निर्माण गरिएको अपाङ्ग मैत्री र बालबालिका मैत्री प्रशासकिय भवन निमार्ण कम्पनिले समयसिमा भित्र निर्माण कार्य सम्पन्न गरी मंगलबार एक कार्यक्रमका बिच नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
ज्ञान ज्योती बिल्डर्स प्रा.ली. काभ्रेले २०८२ असार १३ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी १२ करोड २६ लाख ३६ हजार २ सय ६३ रुपेँयामा ठेक्का लिएको थियो । निर्माण कम्पनीले सम्झौता रकम भन्दा कम रकममा १२ करोड १३ लाख ७० हजार २ सय ११ रुपैँया ७७ पैँसा भुक्तानी लिएर निर्माण कार्य सम्पन्न गरेको हो ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले नव निर्मित भवन विभिन्न कारणले गर्दा उद्धघाटन गरी अहिलेनै संचालनमा ल्याउन नसकिने बताएका छन् । भवन निर्माणको काम सकिएपनि कम्पाउण्ड, फर्निचर, कार्पेट केहि छैन ‘मेयर बस्नेतले भने’ भवन बाहिरको खाली जग्गा सम्याएर सजाउन बाँकी रहेको कारण यो आर्थिक बर्षमा काम पुरा गरी यहि आर्थिक बर्षमा नर्या भवनमा सर्ने योजना छ ।
मेयर, उप–मेयर, प्रमुख प्रशासकिय अधिकृतका सुविधा सम्पन्न कार्यकक्ष, सभाहल लगायत विभिन्न शाखाहरुको एउटै भवनमा अट्ने गरी नयाँ भवन निर्माण भएको हुँदा संचालनमा आएपछि पालिकाले गर्ने सेवा प्रवाहमा चुस्तता आउने प्रमुख प्रशासकिय अधिकृत कुमार प्रसाद कोइरालाले बताए ।
नव निर्मित प्रशासकिय भवनमा फरक क्षमता मैत्री, बाल मैत्री, अपाङ्ता मैत्री, लिफ्ट र अन्डर पार्किङको सुविधा रहेको इन्जिनियर निर्मल चौधरीले बताए ।
नगरपालिकाको नवनिर्मित भवनसँगै लक्ष्मीपुर माध्यामिक विद्यालयको १६ कोठे आध्याधुनिक भवन निर्माण कार्य सम्पन्न गरी विद्यालय र नगरपालिकालाई हस्ताण्तरण गरिएको छ । निर्माण कम्पनीले २०७६ साल फागुन ८ गते ४ करोड ३७ लाख ५८ हजार ५ सय २५ रुपैँया ७५ पैसामा सम्झौता गरेको थियो ।
२०८२ असार १५ गते निर्माण सम्पन्न गरेको निर्माण कम्पनीले मुल्याकंनको आधारमा सम्झौता रकम भन्दा कम ३ करोड ८३ लाख २३ हजार ८ सय ८८ रुपैँया २५ पैँसा भुक्तानी लिएर भवन हस्ताण्तरण गरेको हो । नगरपालिकाले तोकिएको समयभित्र निर्माण सम्पन्न गरेका निर्मार्ण व्यवसायीहरुलाई सम्मान गरेको छ ।
