Saturday, January 31News That Matters

नेपाली कम्युनिस्ट पार्टीद्वारा ७ जना निष्कासन

उदयपुर, १० माघ २०८२ ।
<span;>नेपाली कम्युनिस्ट पार्टीले निर्णय विपरीत उम्मेदवारी दिएको भन्दै सात जनालाई आज कारबाही गरेको छ।
<span;>कारबाही गरिएकोमा पार्टीका पुराना र ठूला नेताहरूसमेत छन् ।
<span;>कारबाही पर्नेमा प्रस्तावक समर्थकसमेत रहेका छन् । उनीहरू चार जिल्लाका हुन्। सिन्धुलीका दुईजना, दाङका एकजना, उदयपुरका एकजना र सिराहाका तीनजना रहेका छन् । सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल रहेका छन् । उनीहरू दुवै केन्द्रीय सदस्य हुन् । सिन्धुलीको क्षेत्र नम्बर २ बाट दाहालले उम्मेदवारी दिएका थिए भने गजुरेल प्रस्तावक बसेको थिए ।
निष्कासित हुने अन्यमा उदयपुरका मेजर राई, दाङका कुलप्रसाद केसी र सिरहाका धर्मनाथ शाह, राजकुमारी शाह र जीवछ शाह रहेका छन् । स्थानीय तहमा लिम्चुङबुङ गाउँपालिकाबाट दुईपटक निर्वाचन जितेका मेजर राईले उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए।
यसअघि पार्टीले उनीहरूलाई पार्टीले बनाएको आधिकारिक उम्मेदवारको विरुद्धमा उम्मेदवारी दिएको भन्दै फिर्ता गर्न ह्वीप जारी गरेको थियोतर हिजो अन्तिम दिनसम्ममा पनि उम्मेदवारी फिर्ता नगरेपछि आज निष्कासनको निर्णय गरेको हो। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले निर्णयमा हस्ताक्षर गरेका छन् ।