
पूर्णपुष्टि, उदयपुर, ११ असोज ।
उदयपुरका जेन्जी अभियान्ताहरुले एमालेमय नेपाल बाल संगठनलाई साझा बनाउन माग गरेका छन् । बिहिबार जेन्जी युवाहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाउँदै ध्यानाकषंण गराएको हो । बेतिथि, भ्रष्टचार बिरुद्ध जेन्जीहरुले आन्दोलन चलाईरहेकै बेला उदयपुरमा नेपाल सरकारको साझा संस्थालाई एमालेले कब्जा गरेको भन्दै बर्तमान कार्यसमिति तत्काल भंग गरी नयाँ कार्यसमिति निर्माण गर्न सुझाएका छन् । सुरेन्द्र साम्पाङ राई र निमेश राई सहितका जेन्जी अभियान्ताहरुले उक्त बेतिथि सहितको समति हटाउनु पर्ने माग गरेको हो । यसै बेतिथिको बिरुद्धमा जेन्जी आन्दोलन पछि देशले नयाँ रुपान्तरण खोजिरहेकै बेला फेरी पनि दलहरुले सझा संस्थालाई कब्जा गर्नु भनेको दुखद रहेको जनाएको छ ।
अब उप्रन्त जेन्जीहरुको मागलाई सम्बोधन हुनेगरी बेतिथि हटाउनु पर्ने भन्दै यस्ता भ्रष्ट र बेतिथि विरुद्ध आफुहरु सँधै जागिराख्ने जनाएको छ । नेपाली जनताहरुमाथी भैरहेको भ्रष्टचार र बेतिथि गर्ने कुनै पनि व्यक्ति संस्थाहरुलाई नछाड्ने चेतावनी पनि उनिहरुले दिएको छ ।

