Wednesday, April 22News That Matters

पहिचानवादीहरुको निर्णयक आन्दोलन : आम हड्तालदेखी तेस्रो जनआन्दोलन सम्म

पूर्णपुष्टि, ५ मंसिर ।
पहिचानवादीहरुले पूर्वको १४ जिल्लामा फेरी आन्दोलन सुरु गरेको छ । पहिलो चरणको आन्दोलन पश्चात नयाँ चरणको आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले आम हड्तालदेखी तेस्रो जनआन्दोलन समेत घोषणा गरेको छ । प्रदेश नं १ पून ः नामाङ्कन संघर्ष समितिले आईबार बिरोध प्रदर्शन गर्दै कोशी नाम खारेजीको माग गरेका थिए । सोही दिन देखी समितिले दोस्रो चरणको आन्दोलन सुरु गरेको हो । आन्दोलनमा ८२ प्रदेश सांसद सहित एमालेका केपि शर्मा ओली, महेश बस्नेत र योगश भट्टराई सहित थप तिन नेता गरी ८५ जनालाई सार्वजानिक कार्यक्रममा रोक लगाउने र कोशी लेखेको बोर्ड ब्यानर पनि हटाउने संघर्ष समितिले जनाए ।

प्रदेश नं १ लाई कोशी नामाकरण गरी पहिचानवादीहरुमाथी अन्याय गरेको भन्दै नाम सच्याएर पहिचानकै आधारमा राख्नु माग सहित पहिचानवादीहरुले आन्दोलन चर्काई रहेको अवस्था छ । एमाले कांग्रेस र माओवादी समेतको सहमतिमा राखिएको कोशी नामका कारण ८२ सांसदहरु माथी पहिचानवादीहरु खनिरहेको अवस्थामा यही बेला एमालेका ओली, बस्नेत र भट्टराईले पनि पहिचानवादीहरु माथिनै अराजक अभिव्यक्ति दिएको भन्दै थप तिन नेता समेतलाई सहज वातावरण नहुने समितिले जनाए । समितिका संयोज डेकिन्द्र थेगिमले ८५ सांसदहरुलाई सार्वजानिक कार्यक्रमहरुमा निमन्त्रणा नगर्न अनुरोध गरेको जनाए । यदि सार्वजानिक कार्यक्रममा बोलाएर पहिचानवादीहरुको कुरालाई अटेरी गरे त्यस अवस्थामा हुने क्षती सबै आयोजकहरुले नै बेहोर्नु पर्ने थेगिमको भनाई छ । समितिका नेताहरूले ‘अबको आन्दोलनलाई निर्णायक बनाउने’ जवाफ दिएका छन् । सांसदहरूलाई कारबाही गर्ने घोषणाबारे प्रष्ट पार्दै संघर्ष समितिका नेता प्रेम एक्तेनले भने, ‘कोशी नाम खारेजी नभएसम्म वा कोशीमा दिइएको हस्ताक्षर फिर्ता लिएको संसद सचिवालयमा जानकारी नगराएसम्म प्रदेश सभा सदस्यहरू सार्वजनिक कार्यक्रमहरूमा सहभागी भए प्रतिरोध गर्ने नीति लिइएको छ।’

समितिले प्रदेशको नाम कोशीमा हस्ताक्षर गर्ने ८२ जना सांसदहरूलाई प्रदेश नं। १ संसद सचिवालयमा उक्त हस्ताक्षर फिर्ता लिएको आधिकारिक सूचना दर्ज गराई जनताको कित्तामा चाँडोभन्दा चाँडो उभिन दबाव बढाउने, प्रदेशको नाम कोशी लेखिएको भए मेटाउन⁄हटाउन स्वयम निकायलाई अनुरोध गर्ने र अस्वीकार भए हटाइने कार्यक्रम तिव्र बनाउने पनि समितिको घोषणा छ।

‘कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख⁄कर्मचारीहरूलाई अनुरोध गर्ने नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाइनेछ,’ समितिले भनेको छ, ‘कथित कोशी प्रदेश सभामा नाम खारेजी र पुनः नामांकन प्रक्रिया २०८१ चैत १० गते सम्ममा राज्यपक्ष, ८२ सांसद र दलहरूबाट अगाडि नबढे राष्ट्रिय सहिद लाजेहाङको स्मृति दिवसको सोही दिनबाट प्रदेश नं। १ संसद घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन प्रदेश नं। १ मा आम हड्ताल जस्ता कडा आन्दोलन हुने र प्रदेश नं। १ बाट कोशी नाम खारेजी र पुनः नामांकनको आन्दोलनसँगसँगै तेस्रो जनआन्दोलनको प्रस्थान विन्दु तय भएको समितिको भनाई छ ।