
पूर्णपुष्टि,चैत २९ गते ।
पानीमा डुबेर एक वर्षीया बालकको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–५ मा सोमबार दिउँसो १२ बजे पेमा आङ्दि शेर्पाको छोरा निमा साङ्गे शेर्पाको मृत्यु भएको हो ।
जुठेल्नोमा पकाउन राखिएका फोसी भाडामा रहेको पानीमा डुबी ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिगएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
