Wednesday, April 22News That Matters

प्रधानमन्त्री प्रचण्डद्वारा मुलुकलाई पछाडि धकेल्ने षड्यन्त्रको आरोप

पूर्णपुष्टि, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पछाडि धकेल्ने षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएका छन्। मंगलबार माओवादी केन्द्रको पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले कांग्रेस र एमालेले संविधान उल्ट्याउने र देशलाई २०४७ सालको अवस्थामा फर्काउने प्रयास गरिरहेको बताए।

प्रधानमन्त्री प्रचण्डका अनुसार भ्रष्टाचारको फाइल खोलेपछि कांग्रेस र एमालेमा त्रास देखिएको छ। उनले माओवादी जनयुद्धका उपलब्धिहरू, सङ्घीयता र समावेशी सहभागिता खतरामा परेको चेतावनी दिए।

प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेको आरोप पनि लगाए। यद्यपि, उनले राजीनामा नदिने र संसदमा विश्वासको मत लिने निर्णय गरेको जानकारी दिए। यो बैठक सोमबार राति कांग्रेस र एमालेले नयाँ सत्ता समीकरण बनाएपछि आकस्मिक रूपमा बोलाइएको थियो। प्रचण्डले यी प्रयासहरूको सशक्त प्रतिवाद गर्ने बताएका छन्।