
पूर्णपुष्टि, ६ असार ।
उदयपुरमा ट्राफिक सप्ताह सुरु भएको छ । शुक्रबार गाईघाटको पिपलचोक देखी त्रियुगा बसपार्क सम्म प्रभातफेरी र्याली सहित सप्ताह सुरु गरिएको हो । सप्ताहको मुख्य उदेश्य भनेको दुर्घटना न्युनिकरणमा सचेतना कार्यक्रम रहेको छ । कार्यक्रमलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको छ ।

स्थानीय सरकार प्रमुख वसन्त कुमार वस्नेत, जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल लगायत शुरक्षा प्रमुख, यातायात व्यवसायी संस्थाहरु, विद्यार्थी, पत्रकार लगायत सम्बन्धित सबै क्षेत्रहरुको उपस्थितिमा सप्ताह सुरु गरिएको छ । एक हप्ता सम्म संञ्चालन हुने सप्ताह कार्यक्रमा दुर्घटना न्युनिकरण सम्बन्धि बिभिन्न सचेतना कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ ।
दुर्घटना न्युनिकरण अन्तर्गत यात्रुहरुले तिव्र गति, मादक पदार्थ सेवन, मोवाईल फोन प्रयोग गर्दै सवारी चलाउने, ट्राफिक बत्तिको पालना, लेनको पालना जस्ता कुराहरु कार्यन्वयन गर्न गराउन सप्ताहले भुमिका खेल्ने जनाईएको छ ।

