Tuesday, May 12News That Matters

प्रभातफेरी र्याली सहित लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस सम्पन्न

पूर्णपुष्टि, १२ असार ।
उदयपुरमा लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस प्रभातफेरी र्याली सहित सम्पन्न भएको छ ।

जुन २० देखि २६ अर्थात् असार ६ गतेदेखि १२ गतेसम्म मनाइने यो दिवसको अन्तिम दिन जिल्ला प्रशासन कार्यालय माताहतका कर्मचारी, सुरक्षा निकाय, लागुऔषाध विरुद्धको अभियान्ता, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्थितिमा पभातफेरी र्याली सहित समापन गरिएको हो ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जिल्लामा लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सप्ताहको पहिलो दिन जिल्ला प्रशासन कार्यालयको सभाहलमा दिवसको शुभारम्भ गरी लागूऔषध नियन्त्रण सम्बन्धमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको थियो भने असार ७ गते त्रियुगा, बेलका र कटारी नगरपालिका क्षेत्रका स्कूल तथा कलेजमा लागूऔषध विरुद्ध सचेतना कक्षा सञ्चालन गरियो । असार ८ देखि ११ गतेसम्म जिल्लाको त्रियुगा र बेलका नगरपालिकामा रहेका २ वटा लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्रको विवरण, उपचारार्थ संख्या, उपचार पश्चात् निको भएर घर गएको संख्या आदि विवरण संकलन एवम् सार्वजनिकीकरण गरियो भने असार १० देखि १२ गतेसम्म त्रियुगाको लालपत्ता नाका, बेलकाको चतरा कोठु नाका र कटारीको सिन्धुली सिमराही र सिरहा जोध्ने बेलस्रोत नाकामा लागूऔषध ओसारपसार हुने सीमा नाकाको निरीक्षण गरियो । असार ११ गते लागूऔषध दुर्व्यसनमुक्त समाज निर्माणका लागि युवा र समाजको भूमिका विषयक माविस्तरीय वक्तृत्वकला र त्रियुगा जनता बहुमुखी क्याम्पसमा लागूऔषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी अनुशिक्षण सञ्चालन गरियो भने अन्तिम दिन गाईघाटको पिपल चोकमा सबै सरोकारवालासहित उपस्थित भएर नगर परिक्रमा गरी सप्ताहव्यापी दिवसको समापन गरिएको हो । अधिकारी लुईटेलका अनुसार यस सप्ताहव्यापी कार्यक्रमले दुव्र्यसनविरुद्धको क्रियाकलापलाई न्युनिकरण गर्न सहयोगी भुमिका खेलेको जनाउनुभयो ।