Monday, June 1News That Matters

प्रहरी दिवसमा ब्याड्मिन्टन प्रतियाेगिता आयाेजना

पूर्णपुष्टि, असाेज ११ ।

“खेलकुद केवल शारिरीक अभ्यास मात्र हाेईन, यसले मानसिक अनुशासन, धैर्यता र साहस सिकाउछ” भन्ने नेल्सन मण्डेलाकाे भनाईलाई आत्मसाथ गर्दै ६९ ओैं प्रहरी दिवसमा ब्याडमिन्टन प्रतियाेगिता आयाेजना भएकाेछ ।
जिल्ला प्रहरी कार्यालयकाे आयाेजना, ब्याडमिन्टन संघ उदयपुरकाे सहयाेगमा खेलकुद समिति उदयपुर (<span;>बाेक्से) स्थित कबर्डहलमा प्रतियाेगिता आजबाट सञ्चालन भएकाे छ । दुईदिनसम्म सञ्चालन हुने प्रतियाेगितामा ए ग्रेडतर्फ १६ जाेडा र बी ग्रेडतर्फ ६४ जाेडा प्रतिष्पर्धि छन् ।
प्रतियाेगिताकाे उद्घाटन त्रियुगा नगरपालिका उपमेयर महेश्वरी राईले गर्नुभयाे । उद्घाटनमा जिल्ला न्यायाधिस हरिशचन्द्र ईङ्नाम, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सहायक प्रजिअ लक्ष्मी प्रसाद रेग्मी, सुरक्षा प्रमुखहरु नेपाली सेना पशुपतिप्रसाद गण बाेक्सेका गणपती प्रमुख सेनानी शिवप्रसाद वाग्ले, जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ याेगी, उदयपुर सशस्त्र प्रहरी प्रमुख एसपी सराेजसिंह बस्नेत, राष्ट्रिय अनुसन्धान कार्यालय उदयपुरका प्रमुख उप अनुसन्धान निर्देशक कुमार बुढाथाेकी, काेष तथा लेखा नियन्त्रण कार्यालय प्रकुख महेशकुमार दाहाल,  जिल्ला ब्याडमिन्टन संघ उदयपुरका अध्यक्ष किसन राई, पत्रकार महासंघ अध्यक्ष भरत खड्का, त्रियुगा उद्याेग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली लगायतकाे उपस्थिति थियाे । कार्यक्रमकाे सञ्चालन प्रहरी निरिक्षक सन्ताेष कार्कीले गर्नुभएकाे थियाे ।
विजयी टिमहरुलाई प्रहरी दिवस समाराेहमा पुरस्कृत गरिने जनाईएकाे छ । माैसमी वर्षाका कारण खेल सञ्चालनमा केही ढिलाई भएकाेले खेल समय थपिन सक्ने प्रमुख रेफ्री दिपक राईले बताउनुभयाे ।