
पूर्णपुष्टि, लिम्चुङबुङ, मंसिर ३ गते ।
उदयपुरको लिम्चुङबुङबाट एक पुरुषलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । महिलालाई बलात्कार गरेको आरोपमा लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेस्थित बुत्कु बस्ने ५८ वर्षीय ज्ञानबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
राईले स्थानीय महिलालाई जबरजस्ती गर्न खोजेको उजुरी पश्चात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) केदरमान दोङले बताए । डीएसपी दोङका अनुसार उनलाई मंगलबार पक्राउ गरिएको हो ।
उनलाई पीडित महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङले पक्राउ गरेको हो । पक्राउपछि अहिले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा लगिएको प्रहरीले जनाएको छ ।
