Saturday, January 31News That Matters

बसाहामा मेयरकप ब्याड्मिन्टन प्रतियाेगिता सञ्चालन

पूर्णपुष्टि/उदयपुर, मङ्सिर २६ ।
बसाहामा नवाैं मेयरकप ब्याड्मिन्टन प्रतियाेगिता आजबाट स्व सनातकुमार राई कभर्डहलमा सञ्चालन भएकाे छ ।
बसाहा ब्याड्मिन्टन क्लवका आयाेजना तथा चाैदण्डिगढी नगरपालिकाकाे सहयाेगमा दुई दिने जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियाेगिता सञ्चालन भएकाे हाे ।
पुरुष डबल्स बि डिभिजन, भेट्रान्स डबल्स र महिला डबल्स,बी डिभिजन गरि तीन ईभेन्टसमा खेल हुनेछन् ।
प्रतियाेगितामा जिल्लाका विभिन्न पालिका र क्लवका खेलाडिकाे सहभागिता रहेकाे आयाेजकले जनाएकाे छ ।
प्रतियाेगिताकाे पालिकाकी उपमेयर मणिका दुलालले उद्घाटन गर्नुभयाे ।
उद्घाटन मैत्रिपूर्ण खेल जिल्ला ब्याड्मिन्टन  संघका अध्यक्ष कालिदास राई (किसन) र बरिष्ठ उपाध्यक्ष नारायण तामाङकाे जाेडिकाे विरुद्ध चाैदण्डिगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई र इलाका प्रशासन कार्यालय कटारीका प्रमुख लाेकमान श्रेष्ठ जाेडीबीच भयाे । अधिकृत जाेडीकाे पक्षमा जित भएकाे थियाे ।