
पूर्णपुष्टि, १९ भदौ ।
माओवादी केन्द्र उदयपुर समन्वय समितिको संयोजकमा द्रोण पौडेल (निरज)ं चयन भएको छ । पौडेललाई भाद्र १२ गते सम्पन्न भएको पार्टीको कोशी प्रदेश समिति सचिवालयको बैठकले संयोजकमा चयन गरेको हो । निवर्तमान अध्यक्ष समेत रहेका विनोद कटुवाल (दिवस) लाई जिल्ला सह–इन्चार्जको जिम्मेवारी दिएर पौडेललाई संयोजकको जिम्मा लगाईएको हो । करिब १० बर्ष अघिबाट कटुवाल माओवादी केन्द्रको उदयपुर नेतृत्वमा थिए । कटुवाल सँगै प्रदेश सांसद समेत रहेका माओवादी नेता नारायण बुर्जा र काजिमान तामाङ समेत जिल्ला सह–इन्चार्ज बनेको छ ।
