Friday, May 22News That Matters

राप्रपाका शिर्ष नेताहरुले भेटे पूर्व राजा ज्ञानेन्द्रलाई

पूर्णपुष्टि, चैत ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरुले पूर्व राजा ज्ञानेन्द्र शाहालाई भेटेका छन् । शाहालाई भेट्न अध्यक्ष लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका हुन् ।
महामन्त्री धवलशम्शेर राणाले आज (बुधबार) भएको भेटमा समसामयिक विषयमा छलफल भएको बताए । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।