Friday, May 22News That Matters

बागमतीका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने काग्रेसको निर्णय

पूर्णपुष्टि, चैत ८ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने नेपाली काग्रेसले निर्णय गरेको छ । संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आज (बुधबार) दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको बताए । उनका अनुसार बैठकमा केन्द्रमा कांग्रेस–माओवादी केन्द्रसहितको दलहरुको गठबन्धनको सहमति अनुसार सरकारको निर्माण गर्ने निर्णय पनि भएको छ ।

बागमती प्रदेशमा राप्रपा सरकारबाट निस्किएपछि मुख्यमन्त्री जमकट्टेलले पुन स् विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ । तर काठमाडौंमा रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू भने बुधबार हेटौंडा नआउने चित्रकारले बताए । आजको प्रदेशसभा बैठकमा काग्रेसका सांसदहरु उपस्थित नहुने भएपछि बैठक स्थगित हुने सम्भावना बढेको छ । तरपनि संसद सचिवालयले अहिलेसम्म बैठक स्थगित गरेको छैन ।